हराएका २० मोटरसाइकल धनीलाई बुझाइयो


काठमाडौँ: चोरिएका तथा हराएका मोटरसाइकल फेला पारी आज काठमाडौँ प्रहरीले स्वयं धनीलाई हस्तान्तरण गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक राजकुमार केसीका अनुसार उपत्यकाको विभिन्न स्थानबाट हराएका २० मोटरसाइकल आज धनीलाई हस्तान्तरण गरिएको हो।




मोटरसाइकल प्राप्त गर्दा धेरै खुशी भएको प्रतिक्रिया दिँदै मोटरसाइकल धनीले खोजीमा लाग्ने प्रहरी टोलीलाई धन्यवाद दिएका छन्।  प्रहरीका अनुसार विभिन्न ठाउँमा पार्किङ गरेर राखिएका तथा घरमै रहेका मोटरसाइकलसमेत हराउने गरेका छन्।




यस्ता गिरोह सक्रिय रहेकाले आफ्नो सामान सुरक्षितसाथ राख्न प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ। अघिल्लो हप्ता पनि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसैगरी हराएर फेला पारेका ३० मोटरसाइकल सम्बन्धित धनीलाई बुझाएको थियो।




सम्बन्धित
Loading...