शिल्पा सेट्टीको नाम बेचेर करोडौंको ठगी


बलिउड अभिनेत्री शिल्पा सेट्टीको नाम बेचेर लखनउमा करोडौं रुपैयाँ ठगी गर्ने व्यक्तिविरुद्ध उजुरी दर्ता भएको छ । मुम्बईस्थित आयोसिस स्पा एन्ड वेलनेस कम्पनीका महाप्रबन्धक किरन बाब र निर्देशक विनय भसीनसहित ६ व्यक्तिमाथि ठगीको आरोपमा लखनउको हजरतगन्जमा केस दर्ता भएको छ ।




उजूरीकर्ताका अनुसार यी सञ्चालकहरुले शिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेडर रहेको भन्दै मानिसहरुलाई शेयर बेचेका थिए । कारोबारी रोहितवीर सिंहकाअनुसार किरन बाबले सिल्पा सेट्टी आफ्नो कम्पनीको ब्रान्ड एम्बेसडर बताएका थिए । किरन बाबाको गफमा फसेर उनले कम्पनीमा लाखौं लगानी गरेका थिए । तर, घाटा भएपछि यस कम्पनीका अधिकारीहरुले स्पा सेन्टर बन्द गर्ने धम्की दिए ।

हजरतगन्जका एसीपी अभय कुमार मिश्राका अनुसार आयोसिस स्पा कम्पनीका एमडी र निर्देशकसहित अन्य ६ जनाविरुद्ध केस दर्ता भएको छ र यस विषयमा छानविन चलिरहेको छ ।

रोहितवीरका अनुसार २०१८ मा आयोसित स्पा एन्ड वेलनेस प्राइभेट लिमिटेड कम्पनीका म्यानेजरले हजरतगन्जमा कम्पनीको शाखा खोल्ने बताएका थिए । लगानी गर्ने हो भने शेयर दिनका लागि कम्पनी तयार रहेको उनले बताएका थिए । किरन बाबले यो पनि बताएका थिए कि शिल्पा सेट्टीले कम्पनीको यस शाखाको उद्घाटन गर्नेछिन् । यतिमात्रै होइन शिल्पा सेट्टीले कम्पनीको प्रचार गर्दै गरेको फोटो पनि किरनले देखाएका थिए ।

तर ग्राहकहरुलाई कम्पनीले आवश्यकताभन्दा बढी छुट दिन थालेपछि शेयर लगानी गर्नेहरु हच्किएका थिए । जब हैरान भएर उनीहरुले यस फ्रेन्चाइजीका पूर्व सञ्चालकसँग सम्पर्क गरे तब किरन बाबाको वास्तविकता बाहिर आयो । पूर्व सञ्चालकका अनुसार कम्पनीका मालिक मनोमानी गर्थे । पहिले प्रलोभन देखाएर शेयर दिन्थ्यें, त्यसपछि मानसिक र आर्थिक उत्पिडन सुरु गर्थे ।







सम्बन्धित
Loading...