संसारमा एकैदिन भेटिए आजसम्मकै धेरै संक्रमित


विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ।



शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको उसले जनाएको छ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार शुक्रबार एकैदिन २ लाख ३७ हजार ७ सय ४३ जना संक्रमित फेला परेपछि कोरना भाइरसको दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम भएको हो।




थपिएका संक्रमितमध्ये धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकाबाट रहेका छन्।

यसअघि जुलाई १२ मा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए। उक्त दिन १ लाख ३० हजार ३ सय ७० जना संक्रमित फेला परेका थिए।

https://www.youtube.com/watch?v=6PI5ro-aMZI



सम्बन्धित
Loading...