अस्पतालले उपचार गर्न नमान्दा झापामा ११ बर्षीय बालकको मृत्यु


झापा – ज्वरो आएका एक बालकको विर्तामोड झापामा सञ्चालित विएण्डसी. र कन्काई अस्पतालले भर्ना लिन नमानेपछि घर फर्काउने क्रममा मृत्यु भएको छ । ज्वरो आएर सोमबार राती १ बजे बिएण्डसि अस्पताल लगिएका झापा मेचीनगर नगरपालिका वडा नम्बर ५ का ११ वर्षीय बालक सागर तामाङलाई अस्पतालले भर्ना लिन नमानेपछी घर फर्काउने क्रममा मृत्यु भएको हो ।




सामान्य ज्वरो आएका तामाङलाई मामा डिक बहादुर तामाङले शुरुमा उपचारका लागि बिर्तामोडकै कन्काई अस्पताल पुर्याएका थिए । तर, कन्काइ अस्पतालले उपचार संभव नभएको भन्दै छेउमा रहेको बिएण्डसि अस्पताल रेफर गरेको थियो । लगत्तै बिएण्डसिको इमरजेन्सीमा राखेर उनको छातीको एक्सरे गरिएको थियो ।

एक्सरेको रिपोर्ट आएपछी अस्पतालले कोरोनाको पिसिआर रिपोर्ट ल्याउनुपर्ने नत्र उपचार गर्न नसकिने भन्दै वेडमै छटपटाइरहेका तामाङलाई लिएर अन्यत्रै जान दवाव दिएको मृतकका आफन्तले बताएका छन् । अस्पतालले भर्ना गरेरपनि उपचार गर्न नमान्दा भान्जाले ज्यान गुमाउनु परेको मृतकका मामा डिकबहादुर तामाङले बताए ।


बिएण्डसि अस्पतालले निमुखा नागरिकको उपचारमा सधै लापरवाही गर्ने गरेको मृतकका आफन्तको आरोप छ । उपचारका लागि ल्याइएका बालकमा कोरोना संक्रमणको शंका भएकाले उपचार गर्न नसकिएको वि एण्ड सी अस्पताललका संचालक दुर्गा प्रसाईको भनाई छ ।

सरकारको कोरोना संक्रमण भए नभएको जाँच गर्ने प्रबिधि ढिलो हुँदा निजी अस्पतालले यो वा त्यो वहानामा बिरमीलाई उपचारै नगरी फर्काउने गर्दै आएका छन् । जसका कारण अन्य रोगका बिरामी समेत उपचारबाट वञ्चित हुने गरेका छन ।




सम्बन्धित
Loading...