स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने

298












सरकारले स्थगित परीक्षा १६ भदौबाट सञ्चालन गर्न दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १६ गतेबाट गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सूचना, सञ्चार तथा प्रविधि मन्त्री डा. युवराज खतिवडाले बताए ।


जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पालना गरी परीक्षा सञ्चालन र विद्यार्थी भर्ना गर्न दिने निर्णय गरेको प्रवक्ता खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।



You might also like
Loading...