१० दिनका लागि मालपोत कार्यालय कावासोतीमा सेवा रोकियो

699












कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको मालपोत कार्यालय कावासोतीले १० दिनको लागि कार्यालयबाट प्रवाह हुने सबै सेवा सुविधामा रोक लगाएको छ ।

कावासोती र आसपासको क्षेत्रमा संक्रमणको जोखिम बढ्न थालेपछि मालपोत कार्यालय कावासोतीले सेवा रोकेको हो । मालपोत कार्यालय कावासोतीले विहीबार सूचना जारी गरी मालपोत कार्यालय कावासोतीले विहीबारदेखि भदौ ६ गतेसम्मलाई कार्यालयबाट हुने सम्पूर्ण काम बन्द गरिएको जनाएको छ । कावासोतीमा बुधबार एक जना पत्रकार र एक जना बैंकका कर्मचारीमा संक्रमण देखिएको हो ।




You might also like
Loading...