देवचुली १५ को कार्यसम्पादन अब आफ्नै वडाबाट

306












एलिना केसी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं. १५ को कार्य सम्पादन अब आफ्नै वडाबाट हुने भएको छ । शुक्रबार सामाजिक दुरी कायम गर्दै एक कार्यक्रमको आयोजना गरि वडाको कार्यालय भवन उद्धघाटन गरिएको छ । देवचुली नगरपालिकाका नगर प्रमुख पुर्णकुमार श्रेष्ठले भवनको समुद्धघाटन गरे ।
वडा भवन उद्घाटनपछि सेवाग्राहीको कार्य सम्पादन गरि सेवा शुरु गरिएको थियो ।
देवचुली १५ का वडाध्यक्ष हरिभक्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख श्रेष्ठले वडा नं १५ का वडावासीलाई अब आफ्नै ठाउँबाट कार्य सम्पादन गर्न सजिलो हुने बताउँदै वडा नं १५ कृषिमा सम्भावना बोकेको वडा भएकाले यसका लागि बजेट विनियोजन गर्ने समेत बताए ।
यसैगरी देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीले समग्र देवचुली नगरपालिकालाई विकास गर्नका लागि आफुहरु अगाडि बढेको बताउँदै देवचुलीका हरेक क्षेत्रका घरमा बत्ती र पानी पुग्ने बताए ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल, देवचुली १३ का वडाध्यक्ष एवम नगर प्रवक्ता क्याप्टेन डिलबहादुर खत्री, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, वडाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण कार्यपालिका सदस्य एवम वडा सदस्य माया सुवेदीले गरेका थिए ।




You might also like
Loading...