पश्चिम नवलपरासीमा आजदेखि ७ दिने निषेधाज्ञा

2,010












परासी । पश्चिम नवलपरासीमा गएराति १२ बजेदेखि निशेधाज्ञा जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी शुक्रबार एक सूचना जारी गर्दै गएराति १२ बजेदेखि सात दिन अर्थात भदौ ६ गतेसम्मको लागि राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।
पश्चिम नवलपरासीमा समुदाय स्तरमा संक्रमणको जोखिम बढ्न थाले पछि बसेको जिल्ला सुरक्षा समितिको वैठकले आगामी सातदिनको लागि मानिसहरु जमघट, भेटघाट, कुनै पनि प्रकारको वैठक, समीक्षा गोष्ठी सेमिनार, छलफल, भेला जस्ता सामुहिक जमघट हुने कार्य नगर्ने, नगराउने गरी निशेधाज्ञा जारी गरेको हो ।
त्यसैगरी धार्मिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेक अन्यकुनै पनि गतिविधि सञ्चालन नगर्ने, नगराउने एवम् चाडपर्वहरु आआफ्नो घरभित्र रही जनस्वास्थ्यको मापदण्ड पालना गरी मनाउने गरी निशेधाज्ञा जारी गरिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।




You might also like
Loading...