नवलपरासीमा सवारी दुर्घटनामा एक जनाकाे निधन


बिपि ढकाल, साउन ३२ परासी। पश्चिम नवलपरासीको बर्दघाट १० भुताहा स्थित ध्रुवटोलमा आइतबार स्कार्पियोले पैदलयात्रीलाई ठक्कर दिदाँ पैदल यात्रीकाे निधन भएकाे छ । बर्दघाट ९ सुनटाडीका ६७ वर्षीय ढालप्रसाद गौतमको उपचारको क्रममा अपरान्ह निधन भएको ईलाका प्रहरी कार्यालय बर्दघाटका ईन्स्पेक्टर होमनाथ रेग्मीले बताए।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १९ च ३५६० नम्बरको स्कार्पियोकाे ठक्करबाट गम्भीर घाईते उनलाई उपचारका लागि चिसापानी अस्पतालमा लगिएको थियो । उपचारका क्रममा अस्पतालमै मृत्यु भएको ईन्स्पेक्टर रेग्मीले जानकारी दिए। ठक्कर दिने स्कार्पियो र चालक इलाका प्रहरी कार्यालय बर्दघाटको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।







सम्बन्धित
Loading...