नारायणी नदीमा डुंगा डुब्दा एक जना बेपत्ता


कावासोती । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा नारायणी नदीमा डुंगा डुब्दा एक जना बेपत्ता भएका छन् । नारायणी नदीमा डुंगा डुब्दा चार जना बगेकामा तीन जनालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । डुंगा डुब्दा मध्यविन्दू नगरपालिका ३ रतनपुरका ६३ वषीया पशुपती खनाल बेपत्ता भएका हुन् ।




खनालसहित चार जना डुंगा चढेर नारायणी नदी पारी भैंसी चराउन गएका थिए । नारायणी नदी पारी भैंसी चराएर फर्किने क्रममा नारायण्ी नदी डुंगा डुब्दा खनाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।







सम्बन्धित
Loading...