काँग्रेसको विरोध पछि गण्डकी प्रदेशसभाको आजको बैठक पनि स्थगित

302












पोखरा । गण्डकी प्रदेशसभाको दोस्रो दिनको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकार संवेदनशिल नभएको भन्दै विरोध गरे पछि आइतबारको बैठक पनि स्थगित भएको थियो ।
सोमबारको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । कोरोना महामारीका कारण लामो समयसम्म संसद चल्न नसक्ने भन्दै सभामुख अधिकारीले पटक–पटक बैठक सुचारु गर्न सहयोग गर्नको लागि अनुरोध गरेका थिए ।
प्रतिपक्षले उठाएको माग संसदसँग सम्बन्धित नै नभएको र केही प्रक्रिया संसदबाट सर्वसम्मत ढंगले पारित भई सकेको हुँदा छिटै संसद अन्त्य गर्नुपर्ने बाध्यता बुझेर सांसदहरुलाई बैठक सुरु हुन दिनका लागि आग्रह गरेका थिए । सभामुख अधिकारीले पटक–पटक संसद सुचारु गर्नको लागि बस्न आग्रह गर्दा समेत सांसदहरुले नमानेपछि सभामुख अधिकारीले बैठक स्थगित भएको घोषणा गरेका थिए । प्रदेशसभाको अर्को बैठक भदौ ९ गते दिनको १ बजे बस्नेछ ।




You might also like
Loading...