देवचुली नगरपालिकामा एकसाताका लागि बन्दाबन्दी

415












एलिना केसी, पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा संक्रमणको जोखिम बढेपछि आज रातिदेखि एक साताका लागि विभिन्न क्षेत्र बन्द हुने भएको छ ।
नगरपालिकाको बिपत व्यवस्थापन समितिको बैठकले एक साताका अत्यावश्यक सेवा बाहेक अन्य सबै बन्द गर्ने निर्णय गरेको हो ।
नवलपुरमा कोरोना संक्रमितको जोखिम समुदायमा बढ्दै गएपछि यस अघि कावासोती नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका पनि बन्द गरिएको छ भने सोमबार नै बौदीकाली गाउँपालिकामा पनि सात दिनका लागि बन्दाबन्दी गरिएको छ ।
देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीले कोरोना प्रकोप दिनानुदिन बढिरहेकाले अत्यावश्यक सेवा बाहेक सबै सेवा तथा व्यवसाय बन्द गर्ने बैठकले निर्णय गरेको बताए ।
खत्रीका अनुसार खाद्यन्न पसलहरु, दुधजन्य, तरकारी पसल लगायत अत्यावश्यक पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म र बेलुकी ५ बजे देखि ७ बजेसम्मका लागि मात्र खोल्ने र अन्य पसलहरु, बैंक तथा वित्तीय संस्था, कार्यालय र राजमार्ग बाहेक कुनै पनि सवारी साधनहरु चलाउन नदिने निर्णय गरिएको हो ।  त्यसैगरी रातको समयमा नगरपालिका आउनेका लागि देवचुलीमा ३ स्थानमा होल्डिङ सेन्टर पोइन्ट बनाउन थालिएको पनि बताए ।




You might also like
Loading...