नवलपुरमा संक्रिय संक्रमित १७ जना

1,315












नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना भाइरसका सक्रिय संक्रमित १७ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुरमा अहिले १७ जनामा कोरोनाको संक्रमण रहेको छ ।
मंगलबार कावासोतीका दुई जनामा संक्रमण देखिएको हो । उनीहरुलाई उपचारका लागि रहजरको प्राकृतिक चिकित्सालयमा लगिएको छ । जिल्ला अस्पताल डण्डामा स्वाब संकलन गरिएको १ सय ४७ जना मध्ये २ जनाको मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । बाँकीको रिपोर्ट मंगलबार नै आउने सम्भावना रहेको छ । कावासोतीका ३७ बर्षीया महिला र १४ बर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी मंगलबार थप एक जनामा कोरोना भाइरस पुष्टि भएको छ । कावासोती नगरपालिकाका स्वास्थ्य प्रमुख कृष्ण नागिलाका अनुसार कावासोती नगरपालिकाका ३५ बर्षीय एक जना पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
नवलपुरको कावासोतीमा पत्रकार र बैंकका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि ७ सय बढीको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको छ ।


सक्रिय संक्रमितहरु १७ जना मध्ये १ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा र बाँकी १६ जनाको रजहरमा उपचार भईरहेको रजहरको प्राकृतिक चिकित्सालयका निर्देशक डा. विनोद पौडेलले बताए ।
जस अनुसार नवलपुरमा अहिले गैडाकोटका ३ जना, मध्यविन्दुका १ जना, विनयी त्रिवेणीका ७ जना, कावासोतीका ५ जना र बौदीकालीका १ जनामा संक्रमण संक्रिय रहेको छ ।



You might also like
Loading...