नवलपरासीमा संक्रमणको जोखिम ह्वात्तै बढ्यो

1,145












नवलपरासीमा कोरोना भाइरस संक्रमणको जोखिम ह्वात्तै बढेको छ । पश्चिम नवलपरासीमा मंगलबार नेपाली काँग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको निधन भएको छ भने यहाँ अहिलेसम्म संक्रमितको संख्या १४० पुगेको छ ।
पछिल्लो समय पश्चिम नवलपरासीमा समुदायमा संक्रमणको जोखिम पहिचान गर्न समुदायमा पिसिआर परीक्षणको दायरा बढाएसँगै पश्चिम नवलपरासीमा समुदायमा संक्रमित भएका मात्रै १६ जना भेटिएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले बताए ।
जसले गर्दा पश्चिम नवलपरासीमा संक्रमणको जोखिम बढेको छ । साथै पश्चिम नवलपरासीमा संक्रमणको जोखिम बढेसँगै प्रशासनले भदौ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा पनि जारी गरेको छ ।
त्यसैगरी पूर्वी नवलपरासीमा पनि संक्रमणको जोखिम बढेको छ । पूर्वी नवलपरासीमा मंगलबार थप ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
अहिले पूर्वी नवलपरासीमा १७ जना संक्रिय संक्रमित रहेका मध्ये १ जना विदेशबाट आएर क्वारेन्टाइनमा रहेका हुन् भने अन्य १६ जना समुदायमा संक्रमण देखिएको रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुरमा समुदायबाट संक्रमण देखिएका १६ जना मध्ये २ जना पत्रकार, एक जना बैंकका कर्मचारी, १ जना शिक्षक, कारखानामा कार्यरत मजदुर लगायत समेत रहेका छन् । नवलपुरमा पत्रकार समेतलाई कोरोना भाइरस पोजेटिभ देखिए पछि नवलपुरमा एक सातामै १५ सय बढीको स्वाब परीक्षण गरिएको छ ।
नवलपुरको कावासोती नगरपालिका, देवचुली नगरपालिका, विनयी त्रिवेणी गाउँपालिका र बौदीकाली गाउँपालिकामा पालिकाहरुले बन्दाबन्दी समेत गरेका छन् ।




You might also like
Loading...