सामाजिक दुरी कसले कायम गर्ने ?

172












नेपालमा दोस्रो व्यक्ति संक्रमित देखिदा हामी त्राहीत्राहीमाम भयौं । अहिले घरघरमा संक्रमण आइपुगेको छ । आज परीक्षण गरेर रिपोर्ट नेगेटिभ आए पनि कतै अर्को पोजेटिभको सम्पर्कमा आएकी भनेर डराउनु पर्ने अवस्था आएको छ । त्यसो त नेपालमा मृतकको संख्या पनि दिनानुदिन बढ्न थालेको छ । संक्रमण देखिदैमा आत्तिहाल्नु पर्ने अवस्था पनि होइन तर कोरोना भाइरस विरुद्धको लडाई जित्न कोरोना भाइरस विरुद्धको औषधि नबन्दासम्म सामाजिक दुरी कायम गर्नु पहिलो प्रथामिकता हो ।
अहिले चाडपर्वको बेला शुरु भएको छ । कुनै पनि चाडपर्व बर्षको एक पटक नै आउने हो । तर, बर्षको एक पटक आउने भन्दैमा अर्को बर्ष यो चाडपर्व नआउने पनि होइन । घरभित्रै चाडपर्व मनाउंदा पनि आफन्त इष्टमित्रलाई बोलाएर ठूलो भिड गराएर मनाउने बेला होइन। तपाईको आफन्तमै पनि कोरोना भाइरसको संक्रमण आइसकेको हुन सकछ त्यसैले अब चाडपर्व खास गरेर तिज, दशै तिहार सामाजिक दुरी कायम गरेर मनाउन आवश्यक छ । बजार, पसल, चोक अथवा घर बाहिर निस्कदा मास्क लगाउने, बाहिर गएर आइसकेपछि सरसफाई गरेर मात्र घर भित्र पस्ने गरौं ।
यति बेला एक जना स्वास्थ्यकर्मीले भनेको भनाई यहाँ राख्न चाहे ‘म बाहेक अरु सबै संक्रमित हो भनेर सजक हुने बेला आएको छ ।’ ति स्वास्थ्यकर्मीले भने झैं सबै सजक हुनु पर्ने बेला आएको छ ।




You might also like
Loading...