कावासोतीमा मोटरसाइकल र मोबाइल चोरी गर्ने ३ जना पक्राउ

1,148












कावासोती । नवलपुर प्रहरीले कावासोती १० मगरकोटमा बस्ने ताराबहादुर महतोको घरबाट लु ३० प ५२५७ नम्बरको मोटरसाइकल चोरी गर्ने ३ जना मध्ये दुई जना कारागार चलान भएको छ ।
नवलपुर प्रहरीका अनुसार कावासोेती १५ शेरगञ्ज बस्ने २६ बर्षका शंकर तामाङ, १९ बर्षका उमेश महतो र एक जना १७ बर्षीय बालकलाई पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धानको क्रममा उनीहरुले कावासोती १५ शेरगञ्जको शुभकामना मोबाइल पसलबाट ७ थान मोबाइल र १५ हजार नगद चोरी गरेको समेत खुलेको थियो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत नवलपुरको आदेशमा दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको र १ जना बालकलाई बालसुधार गृह भैरहवा रुपन्देही पठाइएको प्रहरी नायव उपरीषक मोहनबहादु खाँणले बताए ।




You might also like
Loading...