गैडाकोटमा ३ जना संक्रमित थपिए

613












नवलपरासी । पूर्वी नवलपरासीको विहीबार थप ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयलाई उल्लेख गर्दै नवलपुरका स्वास्थ्य प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार गैडाकोटको भदौ २ गते संकलित स्वाब मध्ये ३ जनामा पोजेटिभ देखिएको हो ।
गैडाकोट २ निवासी ३८ बर्षीया १ जना महिला र ६३ बर्षीय १ जना पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै गैडाकोट १३ का ५५ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
गैडाकोटमा बुधबार मात्र एक जना स्वास्थ्यकर्मी, एक जना सुरक्षाकर्मी र दुई जना मजदुर गरी ४ जनामा समुदायबाट संक्रमण सरेको देखिएको थियो ।
विहीबार थपिएका ३ जना मध्ये गैडाकोट २ का दुई जना समुदायका हुन् भने गैडाकोट १३ का भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको गैडाकोट स्वास्थ्य शाखाले जनाएको छ ।




You might also like
Loading...