कावासोतीमा कोरोना संक्रमितको परिवार विचल्लीमा
कावासोती । कावासोतीका कोरोना संक्रमितको परिवारलाई घरबेटीले भाडामा बस्न नदिएपछि भाइको घर शरण लिन पुगेका छन् ।
कावासोतीमा अहिले समुदाय स्तरमा संक्रमण देखिएपछि बढ्दो त्रासबीच संक्रमितको परिवार विचल्लीमा पर्न थालेका छन् ।
कावासोती नगरपालिका १७ घर भई हाल कावासोती २ र कावासोती ८ मा व्यापार गर्दै आएका दुई परिवार विचल्लीमा परेका छन् । कावासोतीमा संक्रमण देखिएका पत्रकार अर्जुन लुइटेल र उनका दाजु सागर लुइटेलका परिवार विचल्लीमा परेको हो ।
पत्रकार अर्जुन लुइटेलको भदौ १ गते कावासाती ८ निवासी घरबेटीले को घर बसाई सरेका सागर लुइटेलका परिवारलाई लम्सालले सोही दिन घर नबस्न भन्दै आएपछि उनीहरु भाइ अर्थात पत्रकार अर्जुन लुइटेलको घर बस्दै आएका थिए ।
साउन ३२ गते स्वाब परीक्षणका लागि दिएका लुइटेल दाजुभाईमा बुधबार अर्थात भदौ ३ गते कोरोना भाइरस पोजेटिभ देखिएको थियो । अहिले संक्रमित दुई जना उपचारका लागि रजहरको प्राकृतिक चिकित्सालय गएपछि उनीहरु भाडामा बस्दै आएका घरबेटीले घरबाट निस्कन दबाब दिएका हुन् ।
कावासोती नगरउपप्रमुख प्रेम शंकर मर्दनियाले आफूले यस विषयमा जानकारी पाएको भन्दै घटनाको पुष्टि गरे । मर्दनियाले भने – मैले यस विषयमा कावासाती ८ का वडा अध्यक्षलाई समन्वय गरेर मिलाउन भनेको छु ।
के भयो खास ?
घटना साउन मसान्त अघि शुरु हुन्छ । पत्रकार अर्जुन लुइटेल अविरल पूर्व गाविस सचिव एवम् हालका मालपोत कार्यालय कावासोतीमा कार्यरत टंक सुवेदीको घर भाडामा बस्दै आएका थिए भने उनका दाजु सागर लुइटेल कावासोती ८ मा सीता सापकोटाको घर बस्दै आएका थिए । पुरानो घरबेटी सापकोटाले उनको घर अन्य प्रयोजनका लागि भाडामा दिन लागेको भन्दै सागर लुइटेलको परिवारलाई केही समय अगाडिदेखि नै भदौ १ गतेदेखि लागु हुने कोठा खाली गराउने र कावासोती खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव एवम् प्याब्सन नवलपरासीका पूर्व अध्यक्ष दीपक लम्सालको घर भाडामा सल्लाहामा सर्न आग्रह गरे दुवै घरबेटी राजी भएपछि उनीहरु दीपक लम्सालको घर सरे । यही बीचमा भदौं ३ गते लुइटेल दाजुभाईलाई संक्रमण भएको पुष्टि भएपछि लम्साल र सापकोटा परिवारबीच एक अर्काबीच जानी जानी संक्रमण शंका लागेकालाई यतायता गराएको भन्दै दोषारोपण शुरु हुन्छ । त्यहीबीचमा दुवै घरबेटीले घर बस्न नदिने जनाएपछि सागर लुइटेलका परिवार भाईबुहारी बस्दै आएको घर टंक सुवेदीको घर सर्छन् ।
पीडित सागर लुइटेलका अनुसार दुवै घरबेटीले भाडामा बस्न दिन आनकानी गरेपछि सागर सपरिवार भाई अर्जुन लुइटेल भाडामा बस्दै आएको घर आफ्नो परिवारले आश्रय लिएका छन् । साउन ३२ गते स्वाब दिएका दुवै जनाको भदौ ३ गते संक्रमण पुष्टि भएपछि अर्जुन अविरल भाडामा बस्दै आएका घरबेटी टंक सुवेदीले आफ्ना परिवारलाई विहीबार कि सबै घरबाट निस्केर जान कि घर राखेका पाहुनालाई निकाल्न आदेश गरे पछि सागर लुइटेलको परिवार विचल्लीमा परेको अर्जुन अविरल लुइटेलले बताए ।
यता अर्जुन अविरल बस्दै आएको घरबेटी पूर्व गाविस सचिव एवम् हालको मालपोत कार्यालय कावासोतीका कर्मचारी टंक सुवेदीले कि आफू मात्रै बस्न कि पाहुना निकाल्न कि पाहुना सहित बस्ने भए घर नबस्न भने पछि थप समस्या जन्मिएको छ ।
दीपक लम्सालले आफूलाई पिसिआर टेष्टका लागि स्वाब दिएको थाहा पनि नदिई आफ्नो घर सर्दा आफूलाई थप तनाव भएको र आफूलाई जानकारी समेत नगराई उनीहरु घरबाट निस्केर गएकोले पुन बस्न नदिने बताए । उनले भने – उनकै कारण हामी क्वारेन्टाइनमा बस्नु परेको छ । शंका लागेका व्यक्ति सुरक्षित बस्ने कि कहिले यता कहिले उता जाने ।
पीडित परिवारले भने – आफूसंक्रमित भएको थाहा पाएपछि सान्तन्ता दिनुको सट्टा अनावश्यक मानसिक यातना दिएर निस्कन बाध्य बनाएका कारण निस्किएका हौं ।