विनयी वित्रेणीमा एकै दिन समुदायका १८ जनाका संक्रमण पुष्टि

1,091












नवलपरासी, ५ भदौ । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकामा समुदायका थप १८ जनामा शुक्रबार कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा संक्रमितको संख्या ४६ जना पुगेको छ । ति मध्ये २२ जना भने निको भएर घर फर्किसकेका छन् ।
विनयी त्रिवेणीमा यस अघि संक्रिय संक्रमितको संख्या ६ जना रहेकोमा ४ जना समुदायका रहेका थिए ।


विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले शुक्रबार थपिएका नयाँ संक्रमित स्वास्थ्यकर्मी समेत रहेको बताए ।
विनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवराज काफ्लेले विनयी त्रिवेणीमा थपिएका नयाँ संक्रमितको विस्तृत विवरण कही बेरमा उपलब्ध हुने बताए ।
वलपुरमा शुक्रबार कावासोतीमा १ जना र गैडाकोटमा १ जना गरी समुदायका २ जनामा संक्रमण देखिएको थियो ।
नवलपुर जिल्लामा संक्रमण बढ्दै गएपछि प्रशासनले ७ दिनका लागि जिल्ला बन्द गरेको छ ।



You might also like
Loading...