नवलपुरमा विहीबार एका विहानै थपिए ३ जना संक्रमित

1,841












नवलपुर । पूर्वी नवलपरासीमा विहीबार ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा समुदाय स्तरबाट गर्एिको परीक्षणको क्रममा ३ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।
गैडाकोटको एक जना र मध्यविन्दुका २ जना गरी ३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
गैडाकोट ५ का एक जना, मध्यविन्दु १० अरुणखोलाका स्थानीय बासिन्दा ४० बर्षीय, ५० बर्षीय पुरुष रहेका छन् । अरुणखोलामा देखिएका दुवै जना समुदायका हुन् ।  नवलपुरमा यो सहित संक्रमितको संख्या ४१४ जना पुगेको छ ।




You might also like
Loading...