पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संङ्ख्या २ सय नाघ्यो

507












विकास अधिकारी, भदौ ११ । पश्चिम नवलपरासीमा कोरोना संक्रमितको सङख्या २ सय नाघेको छ । विहिबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संङ्ख्या २ सय नाघेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा विहिबार सरावल गाँउपालिकाका ६ जना, प्रतापपुर गाउपालीकाका ३ जना र रामग्राम नगरपालिकका एक जनामा कोरोना पुष्टि भएको छ ।


सरावलको वडा नम्बर १ मा ६५ वर्षीय वृद्धमा संक्रमण पुष्टि भएको छ भने सरावलको वडा नम्बर ४ मा १७ र ४८ वर्षका पुरुष तथा ४६ र ५५ वर्षकि महिला पनि संक्रमण पुष्टि भएको हो । यस्तै भुजहवा स्वास्थ्य चौकीका ५३ वर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
प्रतापपुर गाउँपालिकाबाट स्वाब पठाएर कोरोना पुष्टि भएका सबै संक्रमित एउटै वडाका हुन् । वडा नम्बर ४ का २५, ५० र ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यता रामग्राम ६ पोखरापालीका एक व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ३९ वर्षिय एक व्यापारीमा कोरोना पुष्टि भएको हो । शंका लागेपछि उनी आफैले बुटवल गएर कोरोना परिक्षण गराएका थिए ।



You might also like
Loading...