गैडाकोटमा लागुऔषध सहित २ जना पक्राउ

453












पूर्वी नवलपरासीको गैडाकोटबाट इलाका प्रहरी कार्यालय गैडाकोटले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
गैडाकोट २ को मौलाकालिका गेट नजिक दुई जना व्यक्तिले शंकास्पद गतिविधि गरेपछि उनीहरुलाई चेकजाँचको क्रममा गैडाकोट प्रहरीले उनीहरुको साथबाट लागुऔषध बरामद गरेको थियो ।


पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका ११ निवासी २३ बर्षीय सुवास श्रेष्ठ र भरतपुर महानगरपालिका २ का ३७ बर्षीय ध्र्रुव कुमाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले उनीहरुको साथबाट डाइजोपाम, नुर्फिन र फेनारगन गरी ६६ एम्पुल लागुऔषध बरामद गरेको जनाएको छ । उनीहरुलाई लागुऔषध मुद्दामा कारवाही अगाडि बढाइएको छ ।



You might also like
Loading...