कोभिड विरामी महिलाहरूलाई सेनिटरी प्याड हस्तान्तरण

462












शिक्षा विकास तथा समन्वय इकाइ, नवलपुरले कोभिड विरामी महिलाहरूलाई प्रयोग गर्ने गरि ८०० वटा सेनिटरी प्याड प्राकृतिक चिकित्सालय रजहरको व्यवस्थाक हरि साप्कोटालाई हस्तान्तरण गरिएको छ ।


जागृति वाल तथा युवा सरोकार, नेपालको आर्थिक सहयोग एव रोटरी क्लव अफ कावासोतीको पहलमा शिक्षा कार्यालयले उक्त सहयोग गरेको हो ।  उक्त सामाग्री शिक्षा इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले आज जागृति वाल तथा युवा सरोकार, नेपालका दिपक शर्मा र रोटरी क्लव कावासोतीका सचिव हरिहर अधिकारीको समुपस्थितीमा हस्तान्तरण गर्नुभएको थियो ।



You might also like
Loading...