पाल्पाको निषेधाज्ञा १९ गतेसम्म थप, के गर्न पाइने के नपाइने, सूचना सहित

191












पाल्पा, १२ भदौ । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय पाल्पाले जारी निषेधाज्ञालाई पुनः एक साताका लागि लम्ब्याएको छ । यस अगाडि लागू गरिएको निषेधाज्ञा आज १२ गते राति १२ बजे सकिदै थियो ।

तर, आज बसेको सीसीएमसीको बैठकले जारी निषेधाज्ञालाई भदौ १९ गतेसम्मका लागि लम्ब्याएको हो । निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा एम्वुलेन्स, शववाहन, खाद्य सामग्री वोक्ने सवारी साधन, औषधि वोकेका सवारी साधनलगायत कुटनीतिक नियोगका सवारी साधनहरु चल्न पाउने छन् ।


तर, निजी र सार्वजनिक साधनहरुलाई भने रोक लगाइएको छ । यसका साथै, एम्वुलेन्समा सह–चालक बाहेक विरामी र एकजना कुरुवा, ढुवानीका साधनमा चालक र सह–चालक मात्र रहने तथा उक्त सवारी साधनहरु गन्तब्यमा पुगेर मात्र रोकिने ब्यवस्था गरिएको छ ।अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्यरुपमा मास्कको प्रयोग र स्वास्थ सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने जानकारी गराइएको छ ।

 

 



You might also like
Loading...