नवलपुरमा १२ जना नयाँ कोरोना संक्रमण थपिए, संक्रमितको संख्या ४४० पुग्यो





नवलपुर । पूर्वी नवलपरासीमा आज थप १२ जना नयाँ कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
शुक्रबार विहान ८ जना र शुक्रबार साँझ ४ जना गरी १२ जना थपिएका हुन् । यो सँगै नवलपुरमा संक्रमितको संख्या ४४० पुगेको छ ।
शुक्रबार साँझ कावासोतीका २ जना, मध्यविन्दु नगरपालिकाका १ जना र देवचुली नगरपालिकाको १ जना गरी ४ जना संक्रमित थपिएका हुन् ।




कावासोती नगरपालिकामा कावासोती १६ डण्डाका २४ र ७० बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । यि दुवै जना मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारीहरु हुन् ।
यस अघि मध्यविन्दु जिल्ला अस्पतालकै दुई जना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो । त्यसैगरी देवचुली १ को ५४ बर्षीय महिलामा पनि संक्रमण पुष्टि भएको छ भने मध्यविन्दु नगरपालिका १० का ३४ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस अघि नवलपुरमा विनयी त्रिवेणी १ का ४ जना महिला र २ जना पुरुष गरी विनयी त्रिवेणीमा ६ जना र देवचुली नगरपालिका १५ का १ जना महिला र देवचुली १६ का १ जना पुरुष गरी देवचुली नगरपालिका २ जनामा संक्रमण पुष्टि भएको थियो ।




सम्बन्धित
Loading...