दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रका कर्मचारीमा संक्रमण, आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द


कावासोती । स्वास्थ्य केन्द्रमा कार्यरत महिला कर्मचारीमा कोरोना संक्रमण देखिए पछि पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौलीको आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द गरिएको देवचुली नगरपालिकाले जनाएको छ ।




नगर प्रवक्ता क्या. डिलबहादुर खत्रीद्वारा जारी विज्ञप्ति स्वास्थ्य केन्द्रमा कार्यरत ४५ वर्षीय महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हुँदा स्वास्थ्य केन्द्रलाई निर्मलिकरण गरि स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्णको पिसिआर परीक्षण गरेर रिपोर्ट प्राप्त नहुँदासम्म आकस्मिक र प्रसुती बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाईएको छ ।




देवचुलीका २ वडाका टोल शिल

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा समुदाय स्तरका २ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछी संक्रमित बस्ने क्षेत्र शिल भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको (आज) शुक्रवार विहान १० बजेको बिज्ञप्ती अनुशार समुदाय स्तरका ब्यक्तिमा संक्रमण पुष्टि भएपछी देवचुली नगरपालिकाले दुबै क्षेत्र शिल गरेको हो ।

देवचुली १५ कि ५० वर्षिय एक महिला र देवचुली १६ का ३० वर्षिय एक पुरुष गरि स्थानिय दुई जनामा संक्रमण देखिएको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
देवचुली १५ को पूर्वमा अन्नपूर्ण मार्ग पश्चिममा पशुपति चोक, उत्तरमा अन्नपूर्ण चोक र दक्षिणमा तनहुँ पथ क्षेत्रलाई शिल गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । त्यस्तै देवचुली १६ रजहर क्षेत्रमा पूर्वमा क्याम्पस चोक, पश्चिममा मुकुन्दे खोला, उत्तरमा धुसेरी पुल र दक्षिणमा देवचुली प्रा.वि. सम्मको क्षेत्रलाई शिल गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो ।
आज शुक्रवार दिनको १ बजेदेखि भाद्र १८ गते राति १२ बजेसम्मको लागि उक्त क्षेत्र शिल गरिएको छ । शिल अवधिभर सबै ब्यक्ति घरभित्र बस्न, समुदायमा घुलमिल नहुन, सबै प्रकारका पसल ब्यवसाय, संघसंस्था, सहकारी तथा वित्तिय संस्था पूर्णरुपमा बन्द  रहने जनाईएको छ ।




सम्बन्धित
Loading...