पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन


नवलपुर । पूर्वी नवलपरासीमा एक जना कोरोना संक्रमितको निधन भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ६२ बर्षीय पुरुषको उपचारको क्रममा शनिबार चितवन मेडिकल कलेजमा निधन भएको हो ।
एक साता अघि उच्च ज्वरो आउने र स्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारको लागि चितवन मेडिकल कलेज लगिएको थियो ।
चितवन मेडिकल कलेजमा पिसिआर परीक्षणको क्रममा पोजेटिभ देखिएपछि उनको आइसियुमा राखेर उपचार भएको थियो । जिल्ला स्वास्थ्य कार्यालय चितवनलाई उद्दृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले दिएको जानकारी अनुसार ति पुरुषको शनिबार निधन भएको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले शनिबार कोरोना संक्रमणका कारण नवलपुरमा एक जनाको निधन भएको बताए ।




घिमिरेले मृतकका शव व्यवस्थापना परिवारको सदस्यसँग सल्लाहा गरेर जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा चितवनमा आइतबार गरिने तयारी भईरहेको बताए ।
नवलपुरमा कोरोना संक्रमणका कारण ज्यान गुमाएको यो पहिलो घटना हो भने पश्चिम नवलपरासीमा यस अघि कोरोना संक्रमणकै कारण नेपाली काँग्रेस पश्चिम नवलपरासीका उपसभापति सुबासचन्द्र गिरीको निधन भएको थियो ।







सम्बन्धित
Loading...