स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु

248












स्याङ्जाको वालिङ नगरपालिका स्थित माझकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा.२ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा ३५ वर्षीय भानुभक्त गैह्रे र २२ वर्षीय श्याम पंगेनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जनाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए ।


प्रहरीले उद्धार गरेर वालिङ अस्पताल लैजाँदै गर्दा उनीहरुको मृत्यु भएको हो । मृतक चापाकोट–९ का स्थानीयय हुन् । काठमाडौंमा बिरामी छाडेर फर्केको चापाकोट अस्पतालको एम्बुलेन्स बिहान करिब सवा ४ बजेतिर वालिङ नगरपालिका–५ माझकोटका दुर्घटना भएको थियो । एम्बुलेन्स सडकबाट करिब ३ सय मिटर तल खोँचमा खसेको छ ।
दुर्घटनामा परेर ३१ वर्षीया गर्भवती पवित्रा गैह्रे र चालक २५ वर्षीय सुरेन्द्र भण्डारी घाईते भएका छन् ।



You might also like
Loading...