बर्दघाटमा चोरको बिगबिगी

1,694












बर्दघाट, १४ भाद्र । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका वडा नम्बर ७ जिमिरेभारमा चोरको बिग बिगी बढेको स्थानीयबासीले बताएका छन ।

केहि समय अगाडि जिमिरेभार बस्ने स्थानीय नारायण पाण्डेको घरमा २ पटक चोरी भएको छ । घरमा कोहि नभएको मौका छोपी चोरले ढोका फोरी चोरी गरेको थियो भने गए राती शनिवारका दिन पनि दोश्रो पटक स्थानीय पाण्डेको घरमा चोर पसेकोे छिमेकी प्रकाश पाठकले बताउनुभयो । गए राती १ छिमेकीले पाण्डेको घरमा चोर देखेर हल्ला खल्ला गर्ना साथ चोर घरको छतबाटै हामफालेर धान लगाएको खेत हुदै भागेकोले चोरलाई पक्रन नसकेको छिमेकी ध्रुव रेग्मीले बताउनुभयो ।


यसै गरि स्थानीय जिमिरेभार निवासी अर्का छिमेकी बब्लु रेग्मीको घरमा पनि एक महिना नबित्दै रातको समयमा २ पटक सम्म चोरले चोरी गर्न आएको बताउनुभयो । आफ्नो घरको दक्षिण तर्फको झ्यालको जालि चोरले च्यातेर चोरी गर्ने प्रयास गरेको तर चोरी न भएको रेग्मीको भनाई छ । यस गाउँको भित्रि सडकमा अहिलेसम्म प्रहरीले गस्ति नगर्नाले पनि चोरको मनोबल बढ्को स्थानीय पप्पु रेग्मीले बताउनुभयो ।



You might also like
Loading...