भर्चुअल तेक्वान्दोमा च्याम्पियन्सको उपाधि मुलपानीलाई दोश्रो स्थानमा चितवन तेक्वान्दो डोजाङ


 




प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा मुलपानी तेक्वान्दो डोजाङ टिम च्याम्पियन बनेको छ । ३ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ मूलपानी च्याम्पियन बनेको हो ।

काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितामा १ स्वर्ण, २ रजत र १ कांस्यसहित चितवन दोस्रो भयो । समान १–१ स्वर्ण, रजत र कांस्य जितेको कैलालीले तेस्रो स्थानमा चित्त बुझायो।


उक्त प्रतिगोगीतामा चितवन जिल्ला बाट सहभागी चितवन तेक्वान्दो डोजाङका खेलाडी आंचल बाजपेयीले १ स्वर्ण पदक जितेकी छिन भने अब्बास खान र जैनव खातुन ले १/१ रजत पदक सहित सागर बरालले १ कास्य पदक जितेका छन । कुल ४ पदक भित्र्याउन सफल चितवन तेक्वान्दो डोजाङ नेपालकै दोश्रो धेरै पदक भित्र्याउने डोजाङ बन्न सफल भएको भारतिय सेनामा कार्यरत अन्तराष्ट्रीय तेक्वान्दो खेलाडी रमेश कार्कीले दाउन्ने न्युजलाइ बताएका छन ।

कोरोना भाइरस कोभिड-१९ को दौरानमा पनि आफ्नो तालिम लाई घर भित्रै तयार गरि आफ्नो कलालाई अनलाइन मार्फत प्रतियोगितामा प्रस्तुत गरि पदक भित्र्याउन सफल सम्पुर्ण खेलाडिहरु लाई देश बिदेश बाट सिनियर प्रशिक्षक हरुले अनलाइन शुभकामना ब्यक्त गरीरहेका छन ।

सारा बिश्व आज महामारीले गर्दा मृत्यु सङ्ग लडिरहेका बेला चितवन डोजाङका खेलाडीहरुको साबधानी पुर्वक निरन्तर भै रहेको प्रशिक्षण सम्मान गर्न लायकको छ। कोरोनाको महामारीमा पनि उनी हरुको निरन्तरको तालिमले गर्दा जिल्ला खेलकुद संघले नै उनिहरुलाइ सम्मान गर्न अति आवश्यक छ।

विश्वमा अहिले सबै देश हरुमा तेक्वान्दो खेलमा अनलाईनको माध्यम द्वारा प्रतियोगिता हुने भएकोले नेपालले पनि पहिलो पटक काठमाडौं जिल्ला तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर अशोक खड्का को योजना अनुसार  प्रतियोगिता सञ्चालन गरेको थियो ।

दुईदिने प्रतियोगितामा १९ टिमका १ सय ७० खेलाडीको सहभागिता थियो । प्रतियोगितामा अध्यक्ष खड्कासहित मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।




सम्बन्धित
Loading...