कोरोना जितेर घर फर्किने बेला निधन

कोरोना विरुद्धको लडाईः कोरोना जितेर पनि हारे


नवलपुर । पूर्वी नवलपरासीमा एक जना जेष्ठ नागरिकको कोरोना जितेर घर फर्किने बेला निधन भएको छ ।
विनयी त्रिवेणी गाउँपालिका ६ निवासी ७५ बर्षीया महिला कोरोना जितेर घर फर्कने बेला भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईका अनुसार पुरानो मेडिकल कलेजमा श्वासप्रश्वास, प्रेसर र मुटु सम्बन्धी रोगको उपचार गराई रहेका उनलाई कोरोनो भाइरस देखिएपछि थप उपचार गरिएको थियो ।




शनिबार स्वाब संकलन गरी पिसिआर परीक्षणको क्रममा उनको रिपोर्ट नेभेटिभ आएको थियो । सोमबार अर्थात आज डिस्चार्ज हुने तयारीमा रहेका विरामीको एक्कासी निधन भएको हो । उनको पुरानो मेडिकल कलेजमा निधन भएको हो ।
पुरानो मेडिकल कलेजका सिईओ सुप्रभात श्रेष्ठले घटनाको पुष्टि गर्दै कोरोना जितिसकेको मानिसको पनि मृत्यु भएको बताए । उनले भने – कोरोना जितेको मानिसको निधन भएको घटनाको बारेमा आफूले थप बुझ्ने प्रक्रियामा रहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
मृतक महिलाको उपचारको क्रममा कुरुवा बसेका उनका परिवारका २ जनामा समेत कोरोना भाइरस पुष्टि भएपछि उनीहरुको अहिले रजहरको प्राकृतिक चिकित्सालयमा राखेर उपचार भईरहेको छ । मृतकका आफन्तले पनि मृतकको पुन स्वाब परीक्षण गर्नु पर्ने माग राखेका छन् ।




नवलपुरमा अहिलेसम्म ४६७ जनामा संक्रमण देखिएको छ भने सोमबार निधन भएको सहित ३४० जना निको भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
नवलपुरमा अहिलेसम्म १ जनाको निधन भएको छ भने १ सय २६ जना संक्रमित उपचाररत रहेका छन् ।




सम्बन्धित
Loading...