काेराेनाबाट चितवनमा १८ वर्षीया युवती सहित एकैदिन ४ जनाको मृत्यु

600












चितवन, १६ भदाै । चितवनमा १८ वर्षीया युवती सहित एकैदिन ४ जनाको कोरोना भाईरसका कारण ज्यान गएको छ । सोमबार भरतपुर अस्पतालमा उपचाररत उनीहरुको ज्यान गएको हो । ज्यान गुमाउने चारै जना चितवनका रहेका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का ६५ वर्षीय पुरूष , भरतपुर महानगरपालिका–११ की १८ वर्षीया युवती, पूर्वीचितवनको खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिला र भरतपुर महानगरपालिका ६ का ७८ बर्षीय बृद्ध रहेका छन् । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएका उनीहरुको ज्यान गएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।


अस्पतालका सुचना अधिकारीका लिलाधर पौडेलका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ६ का ७८ बर्षीय बृद्धको सोमबार बिहान ७ बजेको समयमा मृत्यु भएको हो । उनीमा भदौ २ गते कोरोना पुष्टि भएसँगै श्वास प्रस्वासमा समस्या आएपछि भदौ ६ गते मात्रै अस्पताल भर्ना भएका थिए ।

त्यस्तै दिउसो मृत्यु हुने ३ जना मध्य एक जनाको मृत्यु नहँदै र दुई जनाको मृत्यु भईसकेपछि नमुना संकलन गरिएको थियो । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा राति गरिएको परीक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजिटिभ आएको हो । योसंगै चितवनमा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ । जसमध्ये चितवनका मात्रै ९ जना रहेका छन् ।



You might also like
Loading...