नवलपुरमा मंगलबार ३ जना बालबालिका सहित १० जना नयाँ संक्रमित थपिए

450












नवलपुर । पूर्वी नवलपरासीमा मंगलबार विहान ३ जना बालबालिका सहित १० जना नयाँ संक्रमित थपिएका छन् ।
मंगलबार ६, ११ र १४ बर्षका बालबालिका थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले बताए । यस अघि गैडाकोटका ३ बर्षीय बालकमा समेत संक्रमण देखिएको थियो ।
नवलपुरमा मंगलबार थपिएका १० जना सहित संक्रमितको संख्या ४ सय ७७ जना पुगेको छ भने नवलपुरमा अहिलेसम्म १ जनाको निधन भएको छ भने ३ सय ४१ जना उपचार पछि निको भएका छन् । कोरोना जितेका ३४१ जना मध्ये १ जनाको पनि डिस्चार्ज हुने बेला निधन भएको छ ।  नवलपुरमा अहिले १३५ जना संक्रिय संक्रमित रहेका छन् ।




You might also like
Loading...