गैडाकोटको सुनचाँदी पसल चोरी गर्ने करागार चलान

578












नवलपरासी, १६ भदौ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा मोनिका सुनचाँदी पसल चोरी गर्ने ६ जना करागार चलान भएका छन् ।
गत फाल्गुन १८ गते पूर्वी नवलपरासीको गैडाकोटको मोनिका सुनचाँदी पसलबाट ६९ तोला ५ लाल सुन र १ किलो चाँदीका तयारी गरगहना र ७ लाख नगद सहित चोरी गर्ने ६ जना कारागार चलान भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार दोलखा जिल्लाको सैलुङ गाउँपालिका ८ बस्ने २५ बर्षका अनुज लामा, ४३ बर्षीय विरबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका ८ निवासी २९ बर्षीय तिर्थबहादुर रुम्बा, काभ्रेपलान्चोक जिल्लाको धुलीखेल नगरपालिका ८ निवासी ४० बर्षीय जितबहादुर तामाङ, बाग्लुङ जिल्लाको काठीखोला गाउँपालिका ७ निवासी १९ बर्षीय लालबहादुर कुँवर र ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका १ निवासी २२ बर्षीय भनबहादुर आले करागार चलाउन भएका हुन् ।


उनीहरुले मध्यराती पसलमा कोही नभएको मौका छोपी पसलमा चोरी गरेको थियो । प्रहरीले पसलमा रहेको सिसिक्यामेराको आधारमा उनीहरुको खोजी गर्दा पक्राउ गर्न सफल भएको थियो ।
उनीहरुलाई जिल्ला अदालत नवलपुरले ५० हजारदेखि ५ लाखसम्म धेरौटी रकम माग भएको भए पनि उक्त धरौटी रकम बुझाउन नसकेको कारण कारागार चलान गरिएको हो । उनीहरुलाई पुर्पक्षका लागि पश्चिम नवलपरासीको जिल्ला कारागार चलान गरिएको छ ।



You might also like
Loading...