कोरोना उपचारवापत लागेको भनिएको शुुल्कमा छुट गराइदिन अस्पताल प्रशासनसँग अनुरोध गर्दा एकले अर्को विभागलाई देखाएर टार्ने प्रयास गर्ने गरेको गुनासो आफन्तहरूको छ । बिरामीको पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पोजिटिभ नै देखिएको छ । तर पनि हालसम्म लागेको शुुल्क तिरेर बिरामी लैजान अस्पतालले पटकपटक दबाब दिइरहेको आफन्तले बताए । ‘अस्पतालले एम्बुलेन्स नपाए रेनकोट लगाएर मोटरसाइकलमै भए पनि बिरामी लैजान भनेको छ’, आफन्तले भने ।

यता अस्पतालले भने बिरामीमा लक्षण नदेखिएपछि घरैमा आइसोलेसनमा बस्ने प्रतिबद्धता गराई डिस्चार्ज दिन खोजिएको बताएको छ । भदौ ४ गते गरिएको कोरोना परीक्षणमा बिरामीमा संक्रमण देखिएको थियो । तर उनमा लक्षण नदेखिएपछि घरमै आइसोलेसनमा बस्ने गरी एपेण्डिक्स उपचारको रकम मात्रै भुक्तान गरी डिस्चार्ज हुन भनिएको अस्पतालको दाबी छ । उपचार अवधिभर बिरामी अस्पतालमै बसेकाले उनले बेड चार्ज बराबरको शुल्क भने तिर्नुपर्ने अस्पतालले बताउँदै आएको छ । कोरोना भाइरसका अन्य संक्रमित भेटिएका खण्डमा उसको उपचारमा लाग्ने रकमको कति भाग सरकारले बेहोर्ने तथा कुनकुन शीर्षकमा रकम बिरामी आफैंले बेहोर्नु पर्ने भन्नेमा निक्र्योल नहुँदा आफुहरूलाइ समस्या परेको अस्पतालले जनाएको छ ।