नवलपुरमा पहिलो पटक महिला सिडिओ आउँदै

7,067












कावासोती । पूर्वी नवलपरासीमा पहिलो पटक महिला सिडिओको आगमन हुने भएको छ । गृह मन्त्रालयले पिताम्बर घिमिरेलाई सरुवा गरि मनमाया पंगेनीलाई नवलपुर पठाएको हो ।
जिल्लाकै पहिलो महिला सिडियोमा आउन लागेकी पंगेनी नवलपुरकी चेली हुन् ।
उनले मध्यबिन्दु नगरपालिका १० अरुणखोलास्थित जनता माविबाट प्रारम्भिक शिक्षा लिएर सोही विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी हुन् ।
आफ्नै चेलीलाई प्रमुख जिल्ला अधिकारीका रुपमा स्वागत गर्न पाउँदा जिल्लावासी हर्षित भएका छन् ।
आफ्नै गाउँमा आउन पाउँदा खुशी लागेको पंगेनीले प्रतिक्रिया दिइन् । यद्यपि पत्र हात परि नसकेको उनले बताइन् ।




You might also like
Loading...