दुई बर्षमा बन्नुपर्ने पुल ८ बर्षमा पनि निर्माण अपुरै

1,132












नवलपरासी, १७ भदौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाको धनेवामा पुल निर्माण शुरु भएको ८ बर्ष वितिसक्दा पनि अझै पुल निर्माण कार्य पुरा हुन सकेको छैन ।
सरावल गाउँपालिका ६ र ७ जोड्ने गरी निर्माण शुरु भएको पुल ८ बर्षसम्ममा पनि निर्माण सम्पन्न नहुँदा बर्षाको समयमा स्थानीय बासिन्दाले खोला तर्दा सास्ती वेहोर्न बाध्य भएको स्थानीय बासिन्दा सज्जाद अलीले बताए ।
ठेक्का भएको दुई बर्ष अर्थात २०७१ साल असार मसान्तसम्म निर्माण सम्पन्न हुनु पर्ने पुल ८ बर्ष वितिसक्ता पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
मदन अधिकारी सञ्चालक रहेको मैनाचुली निर्माण सेवाले निर्माणको जिम्मा लिएको उक्त खोलामा २०७१ असार मसान्तसम्म निर्माण सक्ने गरी २०६९ असार मसान्तमा ठेक्का लागेको थियो ।


सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले ठेकेदार कम्पनीले काम छाडेको गएको १ बर्ष बढी भएको बताए । चौधरीले आफूले स्थानीय सांसददेखि मन्त्रालयमा समेत निर्माण कम्पनीलाई कारवाहीको लागि अनुरोध गरेको बताए ।
पुलको मुख्य भाग निर्माणको काम सकिए पनि पुलको दायाँबाँया पर्खाल उठाउन र पुललाई बाटोसँग जोड्ने काम भने अलपत्र छ । जसले गर्दा उक्त पुल अझै प्रयोगमा आउन नसकेको सरावल गाउँपालिका ६ का वडा अध्यक्ष कैलाश यादवले भने – पुल बनाएको छ भन्न भएको छ तर, मान्छे पनि हिड्न मिलेको छैन ।
उक्त पुल ३ करोड ७१ लाखमा निर्माणको जिम्मा मैनाचुली निर्माण सेवाले जिम्मा लिएको हो । उक्त पुल तत्कालिन भैतिक निर्माण तथा यातायात पूर्वाधार मन्त्री अर्थात संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले शिलान्यास गरेका थिए ।



You might also like
Loading...