पश्चिम नवलपरासीकी कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु


नवलपरासी, १७ भदौ । पश्चिम नवलपरासीकी कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवा स्थित भीम अस्पताल उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीय महिलाको मंगलबार राति मृत्यु भएको अस्पतालले जनाएको छ । उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।




संक्रमित ती महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टी गर्नुभयो । भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वासप्रश्वासमा समस्या आएपछि उनलाई भीम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

ज्वरो, खोकी सहित स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जटिल अवस्थामा अस्पतालमा भर्ना गरिएको भीम अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी गराउनु भयो । फोकल पर्सन डा. प्रजापतिका अनुसार ५ वटा आईसीयू बेड रहेको भीम अस्पतालमा ४ जना आइसीयुमा र १७ जना आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेका छन् । यसअघि भीम अस्पतालमा उपचाररत रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।







सम्बन्धित
Loading...