कावासोतीमा करेन्ट लागेर एक जनाको निधन

2,838












कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा करेन्ट लागेर बुधबार दिउँसो एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती २ विपी चोकमा करेन्ट लागेर कावासोती ९ निवासी ४२ बर्षीय   लक्ष्मीप्रसाद महतोको निधन भएको हो ।
आफ्नै सटर ग्रिलको ट्रस्ट लाउने क्रममा फलामले ३३ केवी लाइनको नाङ्गो तारमा छोइएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर गम्भीर घाइते महतोको उपचारको क्रममा नवलपुर अस्पताल कावासोतीमा निधन भएको हो ।

 




You might also like
Loading...