प्रधानमन्त्री ओली र प्रचण्डबीच भेटवार्ता, बिहीबारको सचिवालय बैठकबारे छलफल


प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सचिवालय बैठकका एजेण्डाबारे छलफल भएको थियो। दुई अध्यक्षका बीचमा बिहीबार बस्ने सचिवालय बैठकबारे छलफल भएको प्रचण्डाका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बताए।




यसअघि भदौ १३ गतेका लगि तय भएको सचिवालय बैठक कोरोना भाइरसको प्रकोपका कारण रोकिएको थियो। सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा होम क्वारेन्टिनमा बसेका कारण बैठक सारिएको थियो।




बिहीबारको बैठकमा नेकपा विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। त्यस्तै सचिवालय बैठकमा राष्ट्रिय सभामा पठाउने सांसदको बारेमा समेत छलफल हुने बताइएको छ।

अर्थमन्त्री युवराज खतिवडाको ६ महिने कार्यकाल भदौ २० गते सकिँदैछ। प्रधानमन्त्री ओलीले खतिवडालाई दोहोर्याउन चाहेका छन् भने उपाध्यक्ष वामदेब गौतमले पनि राष्ट्रिय सभामा जाने चाहना राखेका छन्।




सम्बन्धित
Loading...