नवलपरासीमा ट्रकले मोटरसाइकललाइ ठक्कर दिदा एक जनाको निधन

3,027












उर्मिला यादव, नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ जमुवाडमा विहीबार भएको सवारी साधन दुर्घटनामा परी एक जनाको निधन भएको छ भने एक जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भुमही–परासी सडक खण्ड अन्तर्गत परासीबाट भुमहीतर्फ जादँै गरेको ना २ क २०९ नम्बरको हुलास कम्पनीको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको लु ४५ प ८७४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतिया गाउँपालिका–४ का २५ बर्षिय सुरेश चौधरीको रहेका छन् भने मोटर साइकल पछाडि सवार पाल्हीनन्दन गाउपालिका ४ बस्ने १९ बर्षिय प्रिती चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते प्रिती चौधरी लुम्बिनी नर्सिंग होम रुपन्देहीमा उपचार भैरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...