नवलपुरमा संक्रमितको संख्या ५ सय पुग्यो


पूर्वी नवलपरासीमा संक्रमितको संख्या पाँच सय पुगेको छ । विहीबार ३ जना थपिएसँगै नवलपुरमा संक्रमितको संख्या ५ सय पुगेको हो ।
पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती, गैडाकोट र देवचुली नगरपालिकामा विहीबार १÷१ जना ३ जना नयाँ संक्रमित थपिएका हुन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ५ सय पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।




नवलपुरको गैडाकोटमा सबैभन्दा बढी संक्रमित देखिएको छ । गैडाकोटमा ९६ जना संक्रमित भेटिएका छन् भने त्यस पछि सबैभन्दा बढी विनयी त्रिवेणी गाउँपालिकामा ९० जना पुगेको छ । यहाँ एक जना संक्रमितको निधन समेत भएको छ ।
त्यसैगरी कावासोतीमा ७९ जना, देचवुली नगरपालिकामा ५५ जना, मध्यविन्दु नगरपालिका ६२ जना, हुप्सेकोट गाउँपालिकामा ४२ जना, बुलिङ्गटार गाउँपालिका ३८ जना र बौदीकाली गाउँपालिकामा ३८ जना संक्रमित पुगेका छन् ।
यसैबीच विहीबार २४ जना संक्रमित उपचार पछि निको भएका छन् ।
नवलपुरमा रहेका १ सय ५७ जना सक्रिय संक्रमित मध्ये २४ जना निको भएसँगै नवलपुरमा १३३ जना सक्रिय संक्रमित रहेका छन् ।







सम्बन्धित
Loading...