मनोमानी गर्न छुट भए गैंडाकोट वार्ड नं ३ ले सबै खाले सिफारिसमा लाग्ने शुल्क नलिने

आफू खुसी निर्णय गर्न पाइने हो भने सबै खाले सिफारिसमा लिने शुल्क मिनाह गरीदिन्छु : शिवकान्त तिवारी

310












 


-केशब तिवारी घायल , भदौ १८ – गैंडाकोट /  नगरसभा बाट पास गरी लागू  गरिएको बिषयलाइ बेवास्ता गरेर  गैंडाकोट -५ का वडाध्यक्ष नबराज कंडेलले आफ्नो वडा बासिलाइ कोरोना सिफारिस बापत लाग्ने शुल्क  नलिने भनेर एक अनलाइनमा समाचार प्रकाशित भएपछी यतिबेला गैंडाकोट बासिका सामाजिक संजाल निकै तातिएका छन ।

सामाजिक संजालमा धेरैले वडाध्यक्ष कंडेलको वाहवाही गरीरहेका छन भने गैंडाकोटका अन्य वडाध्यक्षलाई भने शुल्क मिनाहा नगरेको भन्दै गाली गलौंच गरीरहेका छन । ५ नंम्बर वडामा मात्रै शुल्क मिनाह भएको र अन्य वडाका वडाध्यक्षहरुले शुल्क मिनाह नगरेको भन्दै सामाजिक संजाल प्रयोगकर्ताहरु आक्रोशित बनेका हुन ।

गैंडाकोट ५ को निर्णय लाई लिएर अन्य वडाध्यक्षहरुले सामाजिक संजालमा एकाएक गाली खानुपरे पछि निकै आक्रोशित बनेका गैंडाकोट वार्ड नं ३ का वडाध्यक्ष शिबकान्त तिवारीले भने बिरोध जनाएका छन । तिवारीले भनेका छन सकेसम्म नागरीकलाइ सेवा दिनु र शुल्क नलिनु राम्रो कुरा हो, तर नगरपालिकाले सबै वडामा लागू हुने गरि गरेको निर्णयमा कुनै एउटा वडाले वडाध्यक्षको मनोमानिमा निर्णय उल्ट्याउछ भने त्यो हामिलाइ स्विकार्य हुन सक्दैन ।

सामाजिक संजाल मार्फत आक्रोश पोखेका तिवारीले राजस्वमा नै असर पर्ने गरी नगरसभाको निर्णयका विरुद्ध  काम गर्न पाउने अधिकार सबै वडाका वडाध्यक्ष हरुलाई छ र कानुन मम्मत नै मानिने हो भने गरीबिको रेखा मुनि रहेका अधिकांश नागरीकहरु गैंडाकोटको  ३ नम्बर वडामा नै रहेका र ती सबै नागरीकलाइ सबैखाले सिफारिसमा लाग्ने शुल्क मिनाहा गरीदिने जनाएका छन ।



You might also like
Loading...