नवलपुरमा १७ सहित गण्डकी प्रदेशमा ४० जनामा संक्रमण पुष्टि, गैडाकोटमा मात्रै १६ जना थपिए

553












नवलपरासी । पूर्वी नवलपरासीमा १७ जना सहित गण्डकी प्रदेशमा शुक्रबार विहानै ४० जना कोभिड १९ का नयाँ संक्रमित पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार नवलपुरको गैडाकोटमा १६ जना र देवचुलीमा १ जना गरी १७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी तनहुको भानुमा १ जना र म्याग्देमा १ जनामा, कास्कीको पोखरा महानगरपालिका १६ जनामा संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ ।


त्यसैगरी स्याङ्जाको कालीगण्डकीमा १ जना र बाग्लुङको ताराखोलामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
नवलपुरमा शुक्रबार थपिएका १७ जना सँगै नवलपुरमा संक्रमितको संख्या ५ सय १७ जना पुगेको छ ।
गैडाकोट नगरपालिका १ का २६ बर्षका दुई पुरुष, ५२ बर्षका १ पुरुष र १८ बर्षीय १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी गैडाकोट ५ मा २५, २९ र ५७ बर्षका ३ जना पुरुष, २८ र ५९ का २ जना महिला, गैडाकोट ४ का ४२ बर्षीय पुरुष, २० बर्षीया महिला र गैडाकोट २ का ३५, ३६, ४०, ४८ बर्षीय पुरुष, ४५ बर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी देवचुली नगरपालिका ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।



You might also like
Loading...