पूर्वाञ्चल विश्वविद्यालयले लिन लागेको अनलाइन परीक्षाको क्रान्तिकारी विद्यार्थीद्वारा विरोध


अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा लिने नाममा विद्यार्थीहरुबाट जबरजस्ती फि असुल्नका लागिको भन्दै बिरोध जनाएका छन । नेकपा (क्रान्तिकारी माओवादी ) निकट अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा लिने नाममा विद्यार्थीहरुबाट जबरजस्ती फि असुल्नका लागि ताकेतागर्ने षडयन्त्र गरेको र व्याक पेपरवालाहरुको परिक्षाका लागि कुनै मिति नबनाएको हुँदा यो नितान्त क्याम्पस सञ्चालकहरुको दवावमा अर्थिक संकलनलाई मध्यनजर गर्दै षडयन्त्रपूर्ण ढंगले गरिएको निर्णयको अविलम्व खारेजीको माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयको इकाई व्यवस्थापन कार्यालय घट्टेकुलोमा विरोध कार्यक्रम सम्पन्न गरेका छन् ।




उक्त विरोध कार्यक्रमलाई अखिल क्रान्तिकारीको अध्यक्ष हरिकृष्ण गजुरेलले सम्वोभन गरेका थिए र सञ्चालन विद्यार्थी नेता जितेन्द्र लम्शालले गरेका थिए । व्यापकरुपमा प्रहरी तैनाथ गरिएको उक्त विरोध कार्यक्रमलाई सम्वोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले षडयन्त्रपूर्ण तरिकाले क्याम्पस सञ्चालकहरुको दवावमा गरिएको विद्यार्थी तथा उनका अभिभावक विरोधी निर्णयको अविलम्व खारेजीको माग गदै न्यायोचितद र समयसापेक्ष निर्णय गर्न आव्हान गरे । उनले भने–“यो एउटा सांकेतिक विरोध हो, यो विरोधलाई ध्यान दिएर सबै सरोकारवालाकहरुको सहभागितामा सबैलाई चित्त बुझदो न्यायोचित ढंगको निर्णय गरेर अगाडि बढनका लागि आव्हान गर्दछु ।”




सम्वोधनकै धmममा उनले यदि जवर्जस्ति ढगले अगाडि बढने प्रयास गरिएमा त्यसबाट उत्पन्न हुने जटिलताको लागि पूर्वाञ्चल विश्वविद्यालय प्रशासन स्वयम् जिम्मेवार रहने छ र यस्तो जनविरोधी निर्णयको खारेजीका लागि हाम्रो संगठन शैक्षिक दलाल तथा माफियाहरुका विरुद्ध धावा बोल्दै सशक्त संघर्षमा उत्रने उद्घोष समेत गरे ।




सम्बन्धित
Loading...