बाग्लुङको ढोरपाटनमा बाढी परी वेपत्ताको तुरुन्त उद्दार र खोजी गर्न माग

240












पोखरा । नेकपा क्रान्तिकारी माओवादीले बाग्लुङको ढोरपाटनमा बाढीमा परी वेपत्ता भएकाको तुरुन्त उद्दार र खोजीका लागि सरकारसँग माग गरेको छ ।
बधुबार राति बाग्लुङको ढोरपाटनको देउराली डाँडामा गएको पहिरो र भुजी खोलामा आएको बाढीमा परी १४ जनाको मृत्यु भएको छ भने २४ जना अझै वेपत्ता रहेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी प्रदेश ४ का सेक्रेटरी केशबहादुर परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ – बेपत्ताहरुको अविलम्ब खोजी गर्न, मृतकका परिवार जनहरुलाई तुरुन्त राहत उपलव्ध गराउन र जोखिममा रहेका सबैलाई उद्धार गर्न र घरबाँस गुमेर विपतमा परेकाहरुलाई पुनस्थापना गर्न हामी केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारसँग जोडदार माग गर्दछौं ।
त्यसैगरी यो विपद्को बेला पीडितहरुको उद्धार र सहयोगमा तुरुन्त लाग्नका लागि सम्बधीत सरोकारवाला निकायसँग माग गर्दै उद्धार र सहयोगमा लाग्न आफ्ना पार्टीका प्रदेश र सम्बन्धीत जिल्लाका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अपिल समेत गरेको छ ।




You might also like
Loading...