कावासाेतीमा ९ सहित नवलपुरमा १० थपिए


कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकामा ९ जना र गैंडाकोट नगरपालिकामा १ जना तीनबर्षिय बालिकामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।  यो सँगै आजमात्रै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २७ पुगेको छ ।




अहिले संक्रमण देखिनेहरुमा गैंडाकोट की ३ वर्षीया बालिका सहित कावासोती नगरपालिका वडा नं. २ का ७५ बर्षीय पुरुष, वडा नं. ३ की ३३ वर्षीय महिला र २८ र ३० वर्षका पुरुष , वडा नं. १६ का ११, २७ र ३० वर्षका महिला र वडा नं. १६ कै ३८ र ४३ वर्षका पुरुष गरी थप १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुर का प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।



सम्बन्धित
Loading...