मध्यविन्दुमा ९ सहित नवलपुरमा आइतबार विहानै १२ जना संक्रमित थपिए


कावासोती । पूर्वी नवलपरासीमा मध्यविन्दु नगरपालिका ९ सहित नवलपुुरमा आइतबार विहानै १२ जना नयाँ संक्रमित थपिएका छन् । मध्यविन्दु नगरपालिकामा २ जना महिला र ७ जना पुरुषमा संक्रमण देखिएको हो ।




मध्यविन्दुमा मध्यविन्दु ७ का एक जना महिला, मध्यविन्दु १० का १ जना महिला ५ जना पुरुष, मध्यविन्दु ८ का १ जना पुरुष र मध्यविन्दु १५ का १ जना पुरुषमा संक्रमण देखिएका हुन् ।
त्यसैगरी कावासोती २ का २ जना महिला र बुलिङटार १ का एक जना पुरुषमा संक्रमण देखिएको हो । आज संक्रमणदेखिएका अधिकांश समुदायका हुन् । नवलपुरमा यो सहित संक्रमितको संख्या ५ सय ४५ जना पुगेको छ ।




नवलपुरमा अहिलेसम्म कोरोनाका कारण २ जनाको ज्यान गएको छ भने ३६६ जना निको भएका छन् ।

 




सम्बन्धित
Loading...