गैंडाकोट नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि

409












गैँडाकोट ।  गैँडाकोट नगरपालिकामा आज थप ९ जनामा कोरोना संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

पोखराबाट केहिबेर अघि प्राप्त रिर्पोटमा गैडाकोट नगरपालिकाका ९  जनामा कोरोना पुष्टि भएको कार्यालयका प्रमुख केशव चापागाईले बताउनु भयो ।


गैंडाकोट नगरपालिका वडा नं. ८ का ५४ र ८६ बर्षिय पुरुष, त्यसैगरी वडा नं. ८ कै ८२ र ६५ बर्षिय महिला, त्यस्तै वडा नं. ५ का ३० र २८ बर्षिय महिला, वडा नं. ११ का ३८ बर्षिय पुरुष, वडा नं. ४ का २५ बर्षिय पुरुष र वडा नं. १० का ३३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।



You might also like
Loading...