काङ्ग्रेस गैंडाकोट ५ ले भन्यो डुवानको समस्या समाधान गर

398












नवलपुर, गैंडाकोट  –

भदौ- २८ ।  विगत केहि दिन देखिको अविरल वर्षाका कारण गैँडाकोट नगरपालिका वडा नं. ४ र ५ का विभिन्न स्थानमा डुुवान भएको भन्दै नेपाली काग्रेसले चिन्ता व्यक्त गरेको छ । नेपाली काग्रेस गैँडाकोट वडा नं. ५ ले तत्काल समस्या सामाधान गर्न स्थानीय निकायलाई आग्रह गरेको छ । वडा सभापति गोविन्द घिमिरे द्धारा आज जारी विज्ञेप्तीमा नागरिकलाई परेको समस्या तत्काल सम्बोधन गर्न भनिएको छ ।


बिशेषत गैंडाकोट ४ र ५ को राजमार्ग वरपर व्यापक डुवान भैरहेका बेला हजारौं जनता बिचल्लिमा परीरहेको र पशु चौपायहरु डुवानमा परी करोडौंको क्षती हुँदा समेत  स्थानिय  सरकार बेखबर जस्तै गरि सक्रिय नभएको भन्दै काङ्ग्रेस गैंडाकोट ५ ले आरोप लगाएको छ ।

हेर्नुहोस काग्रेशको विज्ञेप्ती तल



You might also like
Loading...